लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र

खजुरा, बाँके

उदेश्य

तालिम माध्यमबाट कृषि प्राविधिक तथा अगुवा कृषकको ज्ञान, शीप र दक्षतामा अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउनु कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्रको प्रमुख उद्देश्य हो । यस बाहेक केन्द्रको निम्नानुसार क्षेत्रगत उद्देश्य पनि रहेका छन् ।

  • १. नेपाल सरकार र प्रदेश सरकारले निर्धारण गरेको कृषि विकास कार्यक्रमको प्रविधि विस्तारका लागि सहयोग पुर्‍याउने एवं पुरक हुने गरी तालिम कार्यक्रम संचालन गर्ने ।
  • २. कृषि प्राविधिको दक्षता कार्य दक्षता अभिवृद्धि गर्न तालिम संचाल गर्ने ।।
  • ३. अगुवा कृषकको ज्ञान र सिप विकास गरी उत्पादनमा गुणात्मक तथा परिमाणत्मक सुधार ल्याई आय आर्जन बढाई जीवन स्तर उकास्ने ।
  • ४. कृषि उपज बजारका पूर्वाधार विकासमा सहयोग गर्ने ।
  • ५. कृषि व्यवसाय प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने |
  • ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
  • ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।