लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र

खजुरा, बाँके

कार्यक्षेत्र

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रको कार्यविवरण

  • प्रदेशस्तरका कृषि उद्यमी तथा व्यवसायीहरुको रोष्टर तयार तथा अद्यावद्यिक गर्ने,
  • प्रदेश अन्तरगत कृषि बालीरवस्तुको विकास एवं विस्तारका व्यवसायिक योजना तर्जुमा तथा कार्यान्वयन र कृषि उद्यमी तथा व्यवसायीहरुलाइ व्यवसाय संचालनका लागि आवश्यक व्यवसायिक योजना तयारीमा सहयोग गर्ने,
  • कृषि उद्यमी तथा व्यवसायीहरुलाइ व्यवसाय संचालनका लागि आवश्यक पूर्वाधार तथा सुविधाको पहिचान गरी आवश्यक कार्यक्रम संचालन गर्ने,
  • कृषि उद्यमी तथा व्यवसायीहरुलाइ व्यवसाय संचालनमा आवश्यक सेवा सुविधा प्राप्तिका लागि सम्वन्धित निकायहरुसंग सम्वन्ध स्थापित गराइदिने,
  • विभिन्न कृषि उद्यम तथा व्यवसाय संचालनका लागि आधारभूत जानकारीहरु प्रदान गर्ने,
  • कृषि उद्यम तथा व्यवसाय प्रर्बद्धनसंग सम्वन्धित निकायहरुवीच समन्वय कायम गर्ने,
  • विदेशवाट फर्केका कृषि व्यवसाय तथा उद्यम गर्न चाहने युवा कृषकहरुलाइ उद्यम तथा व्यवसाय संचालनमा आवश्यक सहजीकरण गर्ने,
  • कृषि बजार तथा पूर्वाधार विकासमा सहयोग,
  • प्रदेशस्तरमा कृषि प्रविधि विस्तार कार्यमा सहयोग गर्ने,
  • कृषि उद्यमी तथा व्यवसायीहरुलाइ व्यवसाय संचालनका लागि आवश्यक ज्ञान तथा सिप प्रदान गर्न तालिम आवश्यकता पहिचान गरी सो अनुरुप विशिष्टीकृत ज्ञान, शीप प्रदान गर्न विशिष्ठिकृत तालिम कार्यक्रम संचालन गर्ने,
  • तोकिएको शुल्क लिइ अन्य निकायवाट माग भइ आए बमोजिम कृषि उद्यम तथा व्यवसाय संचालन एवं प्रर्बद्धन सम्वन्धी तालिमहरु संचालनको व्यवस्था गर्ने,
  • कृषि ज्ञान केन्द्रहरुवाट संचालित व्यवसायिक योजना कार्यान्वयन तथा शिपविकास सम्वन्धि कार्यहरुको अनुगमन गर्ने तथा निर्देशन दिने ।